काठमाडौं- चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षाको शुल्क वृद्धि गरेपछि चिकित्सा शिक्षा संघर्ष अभियानले आपत्ति जनाएको छ। अभियानले बुधबार एक विज्ञप्ति जारी गर्दे वर्षैपिच्छे शिक्षा शुल्क वृद्धि गर्नु अवैधानिक तथा गैर कानुनी भएको अभियानले ठहर गरेको छ।
अभियानले सर्वसाधारण विद्यार्थी तथा अभिभावकको ढाड सेक्ने र जनताबाट चिकित्सा शिक्षा वञ्चित गराउने उदेश्यले शुल्क वृद्धि गरिएको जनाएको छ।
'चिकित्सा शिक्षा आयोगबाट आफैले निकालीएको अतिरिक्त शुल्क लिन नपाइने, छात्रावास अनिवार्य नहुने भन्दै सूचना निकाले पनि कार्यनयन हुन नसक्नु तथा नदिनु एउटा जिम्मेवारी बोध गर्न नसक्नु बिडम्बनाको विषय बनेको छ।' संयोजक मनिष भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
शुल्क नघटाए थप आन्दोलन गर्ने अभियानले जनाएको छ।