काठमाडौं– त्रिवि शिक्षण अस्पतालका आवासीय डा निकोलस भुसालले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
२८ वर्षीय डा भुसालले आफ्नो घर रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन्।
डा भुसाल त्रिवि शिक्षण अस्पतालमा नसा तथा मनोरोगमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छन्।
डा भुसालले सामाजिक कार्यमा आफू ६ वर्षदेखि सक्रिय रहेको बताए। उनी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चुनावी प्रचारमा पनि सक्रिय थिए।
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेदावरी दिने घोषणा गरेका भुसालले स्वस्थ्य नेपाली सुखी नेपाली, शिक्षित नेपाल विकसीत नेपाल, डिजिटल नेपाल सम्वृद्ध नेपाल, सफा नेपाल हरियाली नेपाल, अर्गाानिक नेपाल आत्मनिर्भर नेपाल भन्ने अभियान सहित शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा योगदान दिने घोषणा गरेका छन्।
रुपन्देही क्षेत्र नम्बर २ बाट २०७४ सालमा नेकपा एमालेबाट विष्णु पौडेल निर्वाचित भएका थिए। नेकपा एमालेका उपाध्यक्ष पौडेलले त्यतिबेला ४४ हजार ९ मत ल्याएर जितेका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका युवराज गिरी २१ हजार ९ सय ४६ मत ल्याएका थिए।