काठमाडौं- काठमाडौंको पुरानो बानेश्वरमा हाइ स्प्रिट्स फिटनेस सेन्टर नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ।
उक्त फिटनेस सेन्टरले सोमबारदेखि नियमित सेवा सुरु गरिसकेको छ। यसअघि यो सेन्टरको नाम ओएस्टर क्लब थियो। नयाँ व्यवस्थापन र नयाँ नामसहित सेवा पुनः सञ्चालन गरिएको सेन्टरका सञ्चालक अजित शर्माले बताए।
शर्मासहित अमिर गुरुङ, सञ्जीव श्रेष्ठ, सतिस शर्मा, पुकार शाह र कैलाश कँडेल गरी ६ जनाले उक्त सेन्टर सञ्चालनमा ल्याएका हुन्।
एक महिना, तीन महिना, ६ महिना र एक वर्ष गरीे विभिन्न प्याकेज ल्याएको सेन्टरले जनाएको छ।