पाल्पा - पाल्पाको तिनाउँ गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। गाउँ कार्यपालिकाको पहिलो बैठकमा अस्पतालसम्म पुग्न र बिरामीलाई स्वास्थ्योपचारमा सहज सुविधा पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पालिकाले जनाइएको छ।
गर्भवती, सुत्केरी एवम् थप चिकित्सकीय सेवाका लागि समेत तानसेन, पाल्पा र बुटवल भैरहवासम्म पुग्न एम्बुलेसन्स सेवा निःशुल्क दिने कार्यपालिका बैठकले निर्णय गरेको छ। निःशुल्क एम्बुलेन्स सञ्चालनका लागि आवश्यक कार्यविधि बनाएर आगामी साउन १ गतेदेखि लागू गर्ने निर्णय भएको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए।