काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला स्वास्थ्य र अस्पताल तथा विकास समितिका नाममा रहेको बेरुजु तत्काल फर्स्योट गर्न निर्देशन दिएको छ। आर्थिक वर्ष २०७४/७५ सम्मको बेरुजु शून्य बनाउन मातहतका कार्यालयहरुलई निर्देशन दिएको छ। मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र सबै अस्पताललाई निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार आव २०७४/७५ सम्मको साविक जिल्ला स्वास्थ्य कार्यालय तथा अस्पतालरविकास समितिका नाममा १ अर्ब ५८ करोड ३ लाख १३ हजार बेरुजु रहेको छ।
![](https://www.healthpostnepal.com/wp-content/uploads/2022/06/%E0%A4%AC%E0%A5%87%E0%A4%B0%E0%A5%81%E0%A4%9C%E0%A5%81-%E0%A4%AB%E0%A4%B0%E0%A5%8D%E0%A4%9B%E0%A5%8C%E0%A4%9F-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87-%E0%A4%97%E0%A4%B0%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%AE%E0%A4%BE-scaled.jpg)