काठमाडौं- नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ। सचिवालय बैठकले यसअघि सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।
एकीकृत समाजवादीले भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरेको छ। उनी यसअघि स्वास्थ्य राज्यमन्त्री थिए।
खापुङलाई बढुवा गरेर स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिने भएको हो। खापुङलाई विरोध खतिवडाको ठाउँमा मन्त्रीको रुपमा पठाइने एकीकृत समाजवादीका सांसद एवंम प्रस्तावित शहरी विकास मन्त्री मेटमणी चौधरीले जानकारी दिए।
यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन्।
यस्तै जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास र शेरबहादुर कुँवर श्रम मन्त्री बन्नेछन्।