काठमाडौं- स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ यतिवेला विदेश भ्रमणमा छन्। उनी हिजो (शनिबार मात्रै ईजिप्टमा सुरु भएको प्रकोप व्यवस्थापन सम्वन्धी कार्यक्रममा भाग लिन त्यसतर्फ गएका हुन्। विदेशमै रहेका खापुङ राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका छन्।
‘राज्यमन्त्री ज्यू हिजो मात्रै ईजिप्ट प्रस्थान गर्नु भएको हो। उहाँ अब २६ जेठमा मात्रै फर्कनु हुन्छ। प्रकोप व्यवस्थापन सम्बन्धी कार्यक्रमका लागि त्यसतर्फ जानु भएको हो,’ राज्यमन्त्री खापुङका प्रेस सल्लाहकार मनोज लिम्बुले भने।
उनले २६ गते नेपाल फर्केपछि नयाँ जिम्मेवारी सम्हाल्ने बताए ।
खापुङ तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी २०७० को संविधान सभामा पनि सदस्य थिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नयाँ मन्त्रीहरूको नाम आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन्।
यस्तै दाङका सांसद हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन्।