काठमाडौं- पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९९० जनाको पीसीआर र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणका क्रममा २१ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हाल निको हुनेको संख्या ९ लाख ६७ हजार १४५ जना पुगेको छ। देशभर हाल १०९ जना सक्रिय संक्रमित छन्।