काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
३१ औं स्थापना दिवसको अवसरमा संघले सुरक्षाकर्मी तथा सफाइकर्मीहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ।
स्थापना दिवसको अवसरमा काठमाडौं उपत्यकामा फोहोरमैला व्यवस्थापनमा खटिएका व्यक्ति, सुरक्षाकर्मी, ट्राफिक प्रहरी लगायतलाई मास्क र स्यानिटाइजर वितरण गरिएको संघका महासचिव दीपकराज भट्टले जानकारी दिए।
उनका अनुसार १५ हजार पिस मास्क र एक सय एमएलका पाँच सयवटा स्यानिटाइजर वितरण गरिएको हो।
स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु पनि गरिएको उनको भनाइ छ।