काठमाडौं- लुम्बिनी प्रदेश सरकारले क्यान्सर तथा मुटुरोगीलाई २ लाख दिने भएको छ। आज (बुधबार) प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो विषय समेटिएको हो।
सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले क्यान्सर तथा मुटुरोगीलाई २ लाख दिने जनाएका छन्।
यसैगरी कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चित प्रदेश, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवका आयोजनामा राखेर नमुना आयोजनाका रुपमा निरन्तरता दिइने, यी दुई अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी, ओपीडी र जनरल बेड निःशुल्क गरिने र बुटवलमा मेडिकल कलेज बनाइने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शय्याको अस्पताल बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
यस्तै सुत्केरी तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन सुत्केरी पोषण आहार निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइने, जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलाहरूको थप उपचारको लागि संघीय सरकारसँगको समन्वयमा निःशुल्क हवाइ उद्धार तथा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने उल्लेख छ।
यस्तै प्रदेशमा सुविधा सम्पन्न बाल अस्पताल स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने, आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, योग एवं परम्परागत चिकित्सा पद्धतिको विकास र विस्तार गरिने, प्रदेशस्तरका सबै आयुर्वेद स्वास्थ्य केन्द्र, चिकित्सालयहरूमा पञ्चकर्म सेवा विस्तार गरिने बताइएको छ।
हेर्नुहोस पूर्णपाठ: