काठमाडौं- सरकारले चिकित्सा शिक्षा तर्फका विभिन्न तहका शैक्षिक कार्यक्रम र विषयहरुको शुल्क निर्धारण गरेको छ। चिकित्सा शिक्षा आयोगको जेठ १७ गतेको बैठकले स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको आयोगको नवौं बैठकले स्नातक तहमा ३.६ प्रतिशत शुल्क बढाउने निर्णय गरेको हो।
आयोगले स्नातक तहदेखि, स्नातकोत्तर र त्योभन्दा माथिल्लो तह एमफिल, डिएम/एमसिएचसम्मका विभिन्न ५६ वटा विषयको शुल्क तोकेको छ।
आयोगले तोकेको शुल्कमा सबैभन्दा कम एमफिलमा क्लिनिकल प्याथोलोजी विषयको रहेको छ। उक्त विषयका लागि आयोगले तीन लाख चार हजार २२० रुपैयाँ शुल्क तोकेको छ। सबैभन्दा बढी शुल्क भने एमबीबीएसमा छ। अबको शैक्षिक सत्रमा एमबीबीएसको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ। उपत्याकाबाहिर ४५ लाख ९५ हजार ७२१ पुगेको छ। बीडीएसको शुल्क २० लाख ९२ हजार २८४ पुगेको छ।
स्नातकदेखि डिएमसम्म कुन विषयको शुल्क कति?



