काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता डा विजय पौडेललाई भेट्न अस्पताल पुगेका छन्। नेकपा एसका उपमहासचिव डा विजय पौडेल हृदयघात भएर केहीदिन देखि बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा उपचाररत छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड शुक्रबार बिहान अस्तपाल पुगेर पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
मुटुसम्बन्धी शल्यक्रियापछि पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जानकारी दिएको छ। प्रचण्डले अस्पताल पुगेर पौडेलको स्वास्थ्यावस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।