काठमाडौं - नेपाल फार्मेसी परिषदले लिने १९ औँ नाम दर्ता परीक्षा शनिबार सुरु हुँदैछ। दिउँसो एक बजेदेखि नेपाल सेना स्वास्थ्य विज्ञान संस्थान सानो भ¥याङ काठमाडौंमा परीक्षा सञ्चालन हुने परिषदले जनाएको छ।
परीक्षा सुरु हुनुभन्दा तीन घण्टा अघि परीक्षा केन्द्रमा अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ। परिषदले चार÷चार महिनाको अन्तरालमा वर्षको तीन पटक लाइसेन्स परीक्षा लिने गर्दछ। परिषदले लिने उक्त लाइसेन्स परीक्षामा उत्तीर्ण भएका व्यक्तिले मात्र औषधिको बिक्रि वितरण गर्न पाउँछन्।
परिषदले गत पुस ३ गते लिएको १८ औँ नाम दर्ता परीक्षामा ब्याचलर इन फार्मेसीमा २० र डिप्लोमा इन फार्मेसमिा ४६ प्रतिशत विद्यार्थी मात्र उत्तीण भएका थिए।