काठमाडौं - क्लिनिक वानले भक्तपुरका ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। लायन्स क्लब भक्तपुर दरबार स्क्वायर, धनञ्जय बचत तथा ऋण सहकारी संस्था, उज्यालो बचत तथा ऋण सहकारी संस्थासँगको संयुक्त सहकार्यमा क्लिनिक वानले ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो।
बढ्दो वायु प्रदूषणलाई मध्यनगर गरी उनीहरुले ट्रापिक प्रहरीहरुको रक्तचाप, मधुमेह, आँखा, कान, नाक, घाँटी तथा छातिको परीक्षण गरेका थिए। प्रहरी सबैको फोक्सोको क्षमताको पनि परीक्षण गरिएको क्लिनिक वानले जनाएको छ।
वरिष्ठ पल्मोनोलोजिस्ट डा राजेश किशोर यादव, कान, नाक तथा घाँटी विशेषज्ञ डा रुपक खड्का र आँखा रोग विशेषज्ञ डा टिना श्रेष्ठ तथा क्लिनिक वान भक्तपुरका कर्मचारीहरुले उनीहरुको स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षण गरिएको धेरै ट्रापिकm प्रहरीहरुमा स्वासप्रश्वास र आँखाको समस्या देखिएको छ।
डा रुपक खड्काले भने, ‘बढ्दो सवारी तथा वायु प्रदुषणका कारण ट्राफिक प्रहरीहरुको स्वास्थ्य जोखिममा रहेको छ। हामीले ट्राफिक प्रहरीहरुलाई ड्युटीमा हँुदा माक्स अनिवार्य रुपमा लगाउन सल्लाह दिएका छौँ।’
क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेले आगामी दिनमा पनि विभिन्न संस्थाहरुसँगको साझेदारीमा शिविर तथा विभिन्न कार्यक्रम गर्ने प्रतिवद्धता गरेका छन्।