काठमाडौं- नेपाल फार्मेसी परिषद्को फर्मासिस्ट नाम दर्ता (लाइसेन्स) परीक्षामा २५ दशमलव ९२ प्रतिशत विद्यार्थी मात्र पास भएका छन्। परिषदले शनिबार लिएको परीक्षामा सहभागी भएकामध्ये २०४ जना मात्र पास भएका हुन्।
परीक्षामा ७८७ जना सहभागी भएका थिए। सहभागीमध्ये जम्मा २५ दशमलव ९२ मात्र पास भएको परिषदले जनाएको छ।
परीक्षा सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो।
हेरौं नतिजा