काठमाडौँ- नेपाली राष्टिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। एन्फाका अनुसार अलमुताइरीको अवस्था अहिले सामान्य अवस्थामा फर्किएको छ। उनी अहिले अस्पतालबाट डिस्चार्ज भएका छन्।
एएफसी एसियन कप छनोट अन्तर्गत गएराति कुवेतसँगको खेलका क्रममा टेक्निकल एरियामा अचेत भएर ढलेका अलमुताइरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको एन्फाले बताएको छ।
अचेत भएर ढलेका अलमुराइरीलाई फारवानिया अस्पताल पुर्याइएको थियो।
कमजोरीको कारण उनी मैदानमा ढलेको र अहिले उनको उनको अवस्था सामान्य रहेको टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए।