काठमाडौं- एमाले सांसद गंगा चौधरीले सिकलसेल एनिमिया रोगको लागि बजेट नछुट्याइएको भन्दै आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोज विधेयकमाथिको छलफलमा भाल लिँदै चौधरीले थारु समुदायमा लाग्ने सिकलसेल एनिमियाको लागि बजेट नछुट्याइएको भन्दै आपत्ति जनाएकी हुन्।
'स्वास्थ्यमन्त्रीलाई थारुको भोट नचाहिने भएर हो सिकलसेल एनिमियाको लागि बजेट नछुट्याएको हो?' भन्दै प्रश्न गरिन।
उनले दाङका जनताले पोष्टमार्टम रिपोर्टको लागि बुटवल वा नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको भन्दै बजेटमा त्यसको व्यवस्था गर्न माग गरिन्।