काठमाडौं- नेसनल कन्फरनेस हब एन्ड सेटलाइट हस्पिटल नेटवर्क अस्पतालहरुको सम्मेलन काठमाडौंमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले हब अस्पताल र तिनका सेटलाइट अस्पताल स्थापना भएको धेरै दिन नभएपनि हब सेटलाइट अस्पतालको सञ्जाल र सक्रियता उपत्यका बाहिर न्यून रहेको बताए।
डा पोखरेलले सम्मेलनमा देशभरका हब र सेटलाइट अस्पतालको भोगाइ र अनुभव आदानप्रदानले हब र सेटलाइट अस्पतालका सञ्जालका मापदण्डहरूको सूक्ष्म विश्लेषण, विशेषज्ञहरूको विशेष छलफलले थप बलियो बनाइ विपत तथा स्वास्थ्य संकटकालमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।