काठमाडौं– लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित एक घरमा महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
तुलसीपुर–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीमाथि हातपात गरेको भन्दै स्थानीयले उनलाई घरभित्रै थुनेर राखेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
स्थानीयको सूचनापछि पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। हाल उनी इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेकी जनाइएको छ।