कठमाडौं- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा प्रदर्शन भएको छ।
विमलाले आज बिहान प्रेमी एकराज बस्नेतको तुलसीपुर ५ आलुमण्डीस्थित घरमै गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेकी थिइन्। विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोटपटक लागेको छ भने कुर्ता च्यातिएको छ।
घरभित्रै पुगेर महिला र बालिकामाथि कुटपिट गरेको भन्दै मन्त्री वलीलाई कारबाही गर्न माग गर्दै स्थानीय महिलाले इप्रकाअगाडि प्रदर्शन गरेका छन्।
स्थानीयले नाराबाजी गरेपछि राज्यमन्त्री वलीलाई घोराहीतर्फ लगिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय लैजाने तयारी छ। श्रीमानको प्रेमिकाबाट कुटिएकी बस्नेतले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिन जिप्रका दाङ जाँदै छिन्।