काठमाडौं- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले महिलामाथि गरेको हातपाको विषयमा छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ।
बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन्।
हिजो बिहान वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेकी मन्त्री विमलाले एकराजसँग विशेष कामले भेट्ने भन्दै उनको श्रीमती र छोरीलाई हातपात गरेकी थिइन्।