काठमाडौं– प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट विनियोजन गरेको छ। बुधबार प्रदेश सभामा प्रदेश १ का आर्थिक मामिलामन्त्री ईन्द्रबहादुर आङ्बोले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन्।
विनियोजित बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरण अन्तर्गत ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्तामा २ अर्ब रहेको उल्लेख छ।
प्रदेश सभामा प्रस्तुत उक्त बजेटको खर्च व्यहार्ने स्रोतमा आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वितीय समानिकरण अनुदान ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपुरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख रुपैयाँ उल्लेख गरेको छ।
बजेटमा प्रदेश सरकार मातहतका ताप्लेजुङ, पाँचथर, धनकुटा, उदयपुर अस्पताल र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको स्तरोन्नति गरी गणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच वृद्धि गर्न २५ करोड ५० लाख विनियोजन गरिएको छ।। यसै आर्थिक वर्षबाट मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारेमा सीटी स्क्यान सहितको सेवा प्रारम्भ गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ।
'स्वस्थ नागरिक, सक्षम प्रदेश' भन्ने नाराका साथ प्रदेश सरकार मातहतका सबै अस्पतालहरूबाट गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताका लागि थप स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न र १४ करोड बजेट विनियोजन गरिएको छ।
हेर्नुहोस पुर्णपाठ: