काठमाडौं- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन्। गत मंगलबार राति लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीबार डिस्चार्ज भएकी हुन्।
पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।
दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।