डडेल्धुरा– गेटा मेडिकल विश्वविद्यालय स्थापनाका लागि तत्काल संसदमा विधेयक ल्याउन माग गर्दै संघर्ष समितिले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।
मेडिकल कलेज विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रबार देउवालाई ज्ञापनपत्र बुझाएको हो। समितिले गेटामा ३ सय शय्याको अस्पताल तत्काल सञ्चालनमा ल्याउन पनि माग गरेको छ।
गेटा मेडिकल कलेज स्थापनार्थ अर्बौं चलअचल सम्पत्ती खर्च भइरहेको र स्वास्थ्य उपचारका लाग अर्र्बौं रकम विदेशी बाध्यतालाई समेत विश्वविद्यालय निर्माणले कम गर्ने समितिको भनाइ छ।