काठमाडौं- भुटानी शरणार्थीका अगुवा डा भम्पा राईको निधन भएको छ। ७५ वर्षीय राईको गए राति पौने तीन बजे निधन भएको हो। विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा राईको निधन भएको हो।
केही दिन अघि हर्नियाको शल्यक्रिया गरिएका राईको शनिबार मुटुको चाल कम भएको थियो।
सुरुमा झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका लागि लगिएको पनि थप उपचारका लागि विराटनगर पठाइएको थियो।
तीन दशकदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका उनी झापाको दमकमा एक्लै बस्दै आएका थिए। दुई वर्ष अघि उनकी श्रीमतीको मृत्यु भएको थियो।
बङ्ग्लादेशको ढाका विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका डा राई सन् १९७५ सालदेखि चिकित्सा पेसामा संलग्न थिए।