काठमाडौं- परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ११ महिनादेखि आयोजना हुँदै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको १८ औं संस्करण सम्पन्न भएको छ। वरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रशान्त शाहद्वारा परीक्षण भएको उक्त क्लिनिकमा मुटु रोग, रक्तचाप र मधुमेह सम्बन्धी परीक्षण गरिएको छ।
७० वर्ष माथिका करिब १०७ जना बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको उक्त क्लिनिकमा यस पटक मुटुमा राखिएको पेसमेकरको अवस्थाको पनि जाँच गरिएको परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालले बताए।
त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न शिविरमा वर्षा अग्रवाल, भोजराज श्रेष्ठ, विजय श्रेष्ठ, जेनिश शाक्य, हेम ढकाल लगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको थियो। विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स शिल्पा श्रेष्ठले रक्तचाप परीक्षण गरेकी थिईन।
विगत ११ महिनादेखि आयोजना गरिएको यो कार्यक्रम वडावडामा आयोजना गर्ने योजनाअनुरुप १८ औं संस्करणको कार्यक्रम इलामेली समाज सुनसरीको सहकार्यमा आयोजना भएको हो।