काठमाडौं–झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले अब दुबईमा मेडिकल कलेज खोल्ने बताएका छन्।
अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन्।
उनले भने, ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्। बिएण्डसी दुबई भनेर म त्यहाँ मेडिकल कलेज खोल्छु। हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी गरेका छौँ।’
नेपाल भ्रमणमा रहेका दुबईका शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबीच यस विषयमा आपसी समझदारी पनि भएको उनले बताएका छन्।