काठमाडौं- भरतपुर महानगरले गम्भीर प्रकृतिका दीर्घरोगीहरुलाई उपचार खर्च उपलब्ध गराउने भएको छ। महानगरले आइतबार सूचना जारी गरी औषधि उपचार खर्च उपलब्ध गराउनुपर्ने बिरामीको विवरण माग गरेको छ।
संघीय सरकारले गरेको निर्णय अनुसार मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार उपचार बापत खर्च उपलब्ध गराउन लागिएको हो।
हेर्नुहोस सूचना: