काठमाडौं-पोखरामा दुईदिने सर्भाइकल स्पाइन कोर्ष सम्पन्न भएको छ। ब्रेन एण्ड स्पाइन फाउन्डेसन नेपाल र मणिपाल शिक्षण अस्पताल न्युरोसर्जरी विभागको आयोजनामा शुक्रबार र शनिबार गर्धनको मेरुदण्डको उपचार र अप्रेशन सम्बन्धी गोष्ठी सम्पन्न भएको हो।
गोष्ठीमा नेपालका झन्डै ५० जना मस्तिष्क र मेरुदण्डका आवासीय चिकित्सक र विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो। शुक्रबारको गोष्ठीमा गर्धनका विभिन्न रोगहरु र चोटपटक लागेका बिरामीहरुको हड्डीमा कसरी अगाडी र पछाडीबाट अप्रेशन गर्ने, कस्ता किसिमका धातुका रड/प्लेट लगाउने भन्ने सैदान्तिक बहस भएको थियो भने शनिबार प्रयोगात्मक सीप सिकाइएको थियो।
कार्यक्रमका संयोजक डा बालगोपाल कर्माचार्यका अनुसार कार्यक्रममा नेपाल र भारतका विशेषज्ञ चिकित्सकहरुले सैदान्तिक र प्रयोगात्मक सीप प्रदान गरेका थिए।