काठमाडौं- ६४ बर्षको ईतिहास बोकेको ईन्डियाको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नेपाली बजारमा मेडिकल रेफ्रिजेरेटरहरु सार्वजनिक गरेको छ।
मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले नेपाली बजारको मागलाई सम्बोधन गरी गुणस्तर र प्रविधिलाई ध्यानमा राखी भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रीजहरु उपलब्ध गराएको छ।
कम्पनीका अनुसार गोदरेजका भ्याक्सिन रेफ्रिजेरेटरहरु स्योरचिल प्रविधिमा आधारित छन्। जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्रीदेखी ८ डिग्रीमा स्थिर राख्छ।
डब्लुएचओ पिक्युएस प्रीक्वालिफाइड यी रेफ्रिजेरेटरहरुको होल्ड ओभरटाईम ३देखी४ दिन सम्मका छन् भने ४७देखी २७६ लिटर सम्मको क्षमतामा उपलब्ध छन्।
यी रेफ्रिजेरेटरहरु फ्रीज प्रोटेक्सनमा डब्लुएचओबाट एग्रेड मा मूल्याङ्कन गरिएको छ। यी रेफ्रिजेरेटरहरु सिएफ सिएचएफसिर एचसिएफसि मुक्त भएकाले पूर्णतया वातावरणमैत्री हुनुका साथसाथै खिया प्रतिरोधीपनि छन्। यी रेफ्रिजेरेटरहरुको ढोकाअगाडिबाट खुल्छ जसले स्टक व्यवस्थापनको लागि पनि सजिलो बनाउ छ।यी रेफ्रिजेरेटरहरुमा २ बर्षको वारेन्टी रहेको छ।