काठमाडौँ- नयाँ औषधि दर्ता एवं गुणस्तर यकिनका लागि ५८ वटा विदेशी कम्पनी छनौट भएका छन्। औषधि व्यवस्था विभागले सोमबार सूचना जारी गरी डब्लुएचओ–जीएमपी गाइलाइन बमोजिम प्राप्त निवेदन मध्येबाट ५८ कम्पनी छनोट भएको जानकारी दिएको छ।
औषधि व्यवस्था विभागको सिफारिसमा ६ असारमा स्वास्थ्य सचिव स्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनौट गरिएको हो।
निरीक्षणका लागि २७१ विदेशी कम्पनीले आवेदन दिएका थिए। अहिले छनौटमा पर्नेमा केही बंगलादेशी कम्पनी छन् भने अधिकांश भारतीय कम्पनीहरु छन्।