काठमाडौं- कोरोना जोखिम भत्ता हालसम्म पनि आफूहरुले नपाएको भन्दै भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले संघर्ष समिति गठन गरेका छन्।
२०७८ वैशाखदेखि पुससम्म खटिने स्वास्थ्यकर्मीहरुलाई सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म पनि नपाइएकोले आन्दोलनमा जानुपर्ने परिस्थिति सिर्जना भएको स्वास्थ्यकर्मी गोपाल उपाध्यायले बताए। उनले भीम अस्पताल कर्मचारी संघर्ष समिति गठन गरिएको जानकारी दिए।
उपाध्यायको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा डा। आरिफ हुसेन, सचिवमा जनकराज पन्त र कोषाध्यक्षमा डा। सिद्धार्थ पाण्डे रहेका छन्।