काठमाडौं- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेलाई पत्नीशोक परेको छ। उनकी पत्नीको क्यान्सरका कारण मृत्यु भएको हो।
बिजुक्क्षेकी पत्नी शोभा प्रधानको बुधबार दिउँसो उपचारको क्रममा हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको उक्त पार्टीका नेता एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए।
६२ वर्षीया शोभा क्यान्सरबाट पीडित थिइन्।