काठमाडौं- सरकारले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद यादवलाई ल्याएको छ। वरिष्ठ कन्सल्टेन्ट सर्जन डा यादव मधेश प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमामा डा यादवलाई ल्याएसँगै ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डन्ट डा प्रमोद जोशीलाई प्रस्तावित गेटा मेडिकल कलेजको अस्पतालको निर्देशकमा पठाइने भएको छ। स्वास्थ्य मन्त्रालयले डा जोशीलाई गेटामा पठाउने प्रस्ताव गरिसकेको छ।
सरकारले गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपूर्व त्यहाँ अस्पताल सञ्चालन गर्ने निर्णय तयारी गरेको छ।
डा जोशीले लामो समय धनगढीस्थित सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा काम गरेका थिए।