काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले जिम्मेवारी सम्हालेका छन्।
जिम्मेवारी सम्हाल्दै डा यादवले ट्रमा सेन्टरलाई अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने बताएका छन्।
आफ्नो अघिल्लो कार्यकलमा सुधारका धेरै प्रयास गरिएको भएपनि त्यसले मुर्तरुप नपाएको भन्दै यादवले यो कार्यकालमा अस्पतालको विकासको लागि पहल गर्ने बताए।
उने बिरामीहरुको सहज पहुँच बिस्तार गर्दै अस्पतालको सेवालार्य थप गुणस्तरीय बनाउने प्रतिबद्धता जनाए।
मधेश प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वरिष्ठ कन्सल्टेन्ट सर्जन डा यादवलाई मन्त्रीस्तरिय निर्णयबाट राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको हो।