काठमाडौं- देशभरका स्थानीय सरकारले आज शुक्रबार बजेट ल्याउँदैछन्। स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले शुक्रबार २०७९/०८० को बजेट ल्याउँदैछन्।
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ।
सोही व्यवस्था बमोजिम सबै स्थानीय तहले शुक्रबार बजेट ल्याउन लागेका हुन्।