काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य जाँचका लागि पुगेका छन्। दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उनी नर्भिक इन्टरनेशनल अस्पताल पुगेका हुन्।
अस्पताल पुगेर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए। सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहेका थिए। उनलाई डा लक्ष्मण रिजाल र डा शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो। सो क्रममा उनको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सकहरुले बताएका छन्।