काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फका विद्यार्थीहरुको पूर्वभर्ना सूची प्रकाशन गरेको छ। आयोगले छात्रवृत्तितर्फका सिटमा म्याचिङ हुने उम्मेदवारको पूर्व भर्नासूची शुक्रबार प्रकाशन गरेको हो।
यही असार ३ गते प्रकाशित म्याचिङको सूचीमा रहेको उम्मेदवारले स्वीकार, अस्वीकार वा त्याग गरिसकेपछि आयोगले अन्तिम सूची प्रकाशन गरेको हो।