काठमाडौं- पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्यु भएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०७७ जनाको पीसीआर परीक्षणमा २१ जना र ६५३ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी २९ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर १९२ जना सक्रिय संक्रमित रहेका छन्।