काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एक्स-रे डीआर मेसिनको उद्घाटन गरेका छन्। एक्स-रे डीआर मेसीनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री केसीले मेसीनको पूर्ण उपयोग गर्न सके ट्रमाका बिरामीलाई राहत हुने बताए।
उनले ट्रमा सेन्टरलाई एमआरआई मेसिन उपलब्ध गराउन पहल थाल्ने बताए।
अब यो मेसीन उपयोगमा आउने ट्रमा सेन्टरका निर्देशक डा प्रमोद कुमार यादवले बताए। एक्सरे डीआर मेसिनको लागत एक करोड ५० लाख रहेको छ। ट्रमाका बिरामीहरुको हरेक एगंलबाट रेडीयोग्राफी इमेज निकाल्न सकिने ट्रमाका सुचना अधिकारी अर्जुनप्रसाद भेटुवालले जानकारी दिए।
उनले भने, ‘यो अटोमेटिक र पूर्ण प्रविधिमैत्रि डीजीटलाइज्ड रेडियोग्राफी उपकरण हो। यसले धेरै बिरामीहरुको प्रभावकारी ढंगले इमेज खिच्न सक्छ र ओभर लोड प्रोटेक्सनको पनि क्षमता रहेको छ।’