काठमाडौं- पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० परीक्षणमा ६२ जनामा संक्रमण भएको हो।
एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।