जाजरकोट- त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले रु १६ लाख लागतमा आर्थिक वर्ष २०७८–७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो।
नगरप्रमुख जनचन्द्र रोकायाले त्रिपुरासुन्दरीसहित यातायात सेवा पुगेका अन्य पालिकामा पनि निःशुल्क सेवा दिने बताए। त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित ठूली भेरी नदीमाथि राखिएको बेलीब्रिज पनि सञ्चालनमा आएको छ। रासस