काठमाडौं- पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्यु भएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार १६६ जनाको एन्टीजेन परीक्षणमा १९ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २८० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये २७४ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसन र ३ जना आईसीयूमा छन्।