काठमाडौं- राष्ट्रिय सभाले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरेको । राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्तावलाई सर्वसम्मतीले पारित गरेको हो।
त्यस्तै मन्त्री खापुङले नै पेस गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव पनि सर्वसम्मतिले पारित भएको छ।