काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय भएसँगै विभिन्न संक्रामक रोगहरु फेलन सक्ने भन्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ। मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद व्यवस्थापन इकाई प्रमुख डा समीरकुमार अधिकारीले सबै अस्पतालहरुलाई पत्र लेख्दै पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गरेका छन्।
मनसुनजन्य प्राकृतिक विपदका कारण आउने स्वास्थ्य समस्यासँगै खानेपानी प्रदूषण भई हैजा रोग लगायत विभिन्न संक्रामक रोगहरू फैलन सक्ने भन्दै अधिकारीले सबै अस्पतालहरुलाई पत्र लेख्दै पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गरेका हुन्
जनस्वास्थ्यमा पर्नसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आवश्यक रहेको उनको भनाई छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि नै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी पठाइसकेको अधिकारीले जनाएका छन्।
पत्रमा विपद्का घटनार महामारी लगायतको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन, स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा राख्न, शय्याहरूको व्यवस्थापन गर्न, औषधि–उपकरणहरूको तयारी गर्न, अस्पतालहरूसँगको समन्वय गर्न भनिएको छ।
