काठमाडौं - देशभर हाल २९ वटा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्य छ। सात वटै प्रदेशमा गरी २९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल कुल सक्रिय संक्रमितको संख्या ३१४ छ।
प्रदेश १ मा सात, मधेश प्रदेशमा एक, बागमतीमा एक, गण्डकीमा आठ, लुम्बिनीमा एक, कर्णालीमा ६ र सुदूरपश्चिम प्रदेशमा पाँच वटा जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य छ।
प्रदेश १ मा ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, धनकुटा, इलाम, तेह्रथुम, ताप्लेजुङ, मधेश प्रदेशमा सप्तरी, बागमती प्रदेशमा सिन्धुपाल्चोक, गण्डकीमा मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, तनहुँ, नवलपरासी पूर्व, बागलुङ, स्याङजा, लुम्बिनीमा दाङ, कर्णालीमा जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालिकोट, सुदूरपश्चिममा बाजुरा, दार्चुला, बझाङ, डडेल्धुरा र कञ्चनपुर यो सूचीमा छन्।
काठमाडौंमा १६४, भक्तपुरमा ९ र ललितपुरमा ३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।