काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ५३ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधिमा थप २० जना निको भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको विवरण अनुसार १ हजार १६२ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३९ जनामा र ९५८ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टी भएको हो।
देशभर सक्रिय संक्रमितको संख्या ३ सय ३३ रहेको छ। आज होम आइसोलेसनमा ३ सय २९ जना र संस्थागत आइसोलेसनमा ४ जना रहेका छन्।