काठमाडौं– भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले लय छुटेको समय नामक पुस्तक बजारमा ल्याएका छन्। लय छुटेको समयमा दुई खण्डका निबन्ध संग्रहहरु रहेको मेसु डा पौडेलले जानकारी दिए।
उनका अनुसार लय छुटेको समयको पहिलो खण्डमा उपचारको उपक्रममा २२ वटा शिर्षक छन्। पहिलो खण्डमा मेडिकल सोसोलोजी अर्थात अस्पताल र मानिसहरुको मनोविज्ञान तथा भावनासँग सम्बन्धित विषयबस्तु समेटिएको मेसु डा पौडेलको भनाइ छ।
यस्तै, दोस्रो खण्डमा लकडाउन डायरी छ। कोरोना सुरु भएदेखि कोरोनाको दोस्रो कहरसम्मका घटना विवरणहरुलाई उनले निबन्ध मार्फत प्रस्तुत गरेका छन्। यसमा ३५ वटा शिषर्क छन्।
यी विषयवस्तुहरु यथार्थपरक भएको मेसु डा पौडेलको भनाइ छ।
मेसु पौडेलद्धारा लिखित लय छुटेको समय तेस्रो पुस्तक हो। स्कुल पढ्दादेखि नै कथा, कविता तथा निबन्ध लेखनमा रुची राख्ने डा पौडेलले यसअघि पनि २ वटा पुस्तक लेखिसकेका छन्।
यसअघि उनले कविता संग्रह खुसीहरुको वनबास र कम्मरीदेखि कोभिड उपचार नामक पुस्तक लेखिसकेका छन्।
लय छुटेको समय पुस्तक बजारमा उपलब्ध भइसकेको तर औपचारिक विमोचन भने हुन बाँकी रहेको डा पौडेलले जानकारी दिए।