काठमाडौं- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य बीमा कार्यक्रम तत्काललाई बन्द नगर्ने भएको छ।
प्रतिष्ठानले आफूले दाबी गरेको भुक्तानी नपाएको भन्दै असार २० गतेदेखि बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेको थियो।
बीमा बोर्डले सेवा सूचारु गर्न अनुरोध गरेकाले साउन ७ गतेसम्म सेवा सञ्चालन गर्न लागेको प्रतिष्ठानले विज्ञप्ति निकालेर जानकारी दिएको छ।