काठमाडौं- सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य प्रवर्द्धनका लागि किशोरकिशोरी तारा कार्यक्रम संचालन भइरहेको छ।
प्रदेशको स्वास्थ्य प्रवर्द्धन केन्द्र कंचनपुरको आयोजनामा प्रदेशका १८ जना किशोर किशोरीमध्ये दुई जना उत्कृष्ट तारा छनौट गर्न लागेको हो।
छनौट किशोर किशोरीबिच किशोरावस्था समस्या, चुनौती र समाधान विषयमा छलफल, जीवनशैली, स्वास्थ्य व्यवहार, स्वास्थ्य विकासको आधारमा बहस, स्वास्थ्य प्रवर्द्धन तथा राजनीति र विकास विषयमा प्यानल छलफल, वक्तित्वकला प्रतियोगिता, व्यक्तिगत प्रतिस्पर्धाबाट उत्कृष्ट तारा छनौट गरिने केन्द्रका प्रमुख हेमराज खडकाले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट किशोर किशोरी छनौट गर्न मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार, जनस्वास्थ्य विज्ञ शंकर धामी र समाजशास्त्र शेरबहादुर विष्ट निर्णायक मण्डलमा रहेका छन्।
प्रवर्द्धन ताराले प्रदेशमा लागू औषध तथा दुर्व्यशनीमा लागेका किशोर किशोरीलाई जनचेतना फैलाउने, किशोर किशोरीलाई दुर्व्यशनीमा फस्नबाट जोगाउने लगायतका काम गर्न विभिन्न गतिबिधि अघि बढाउने जनाईएको छ।